यस पालिकामा महिलालाई उम्मेदवार नबनाएपछि लोसपाको मेयर र उपमेयरको उम्मेदवारी खारेज
टुडेपाटी–
काठमाडौँ, बैशाख १६ गते ।
मेयर र उपमेयरमा पुरुषलाई नै उम्मेदवार बनाएपछि काठमाडौँ महानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीको मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ ।
लोसपाले मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए ।
स्थानीय तह निर्वाचन २०७३ को दफा १७ को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै जना पुरुष उम्मेदवार भएका हुन् ।
यस पटक सत्ता गठबन्धनको कारण अधिकांश स्थानीय तहमा मेयर र उपमेयरका उम्मेदवार पुरुष नै भएका छन् ,।
Sponsored