बम बिस्फोटमा घाइते भएकालाई ज्युँदै जलाएको अभियोगमा पक्राउ परेका आलमको मुद्दामा सुनुवाई हुँदै
टुडेपाटी–
काठमाडौँ, बैशाख १६ गते ।
बम बिस्फोटमा परि घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।
आलम विरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ हुँदै छ ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा उनको मुद्दाको पेसी तोकिएको छ ।
यसअघि पटक–पटक पेसी तोकिए पनि उनको मुद्दामा एक पटक पनि सुनुवाइ भएकै छैन ।
मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।
Sponsored
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत विरगञ्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले २०६४ चैत २७ गते भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको आलममाथि अभियोग छ ।