आज साँझसम्म बागी उम्मेदवारी फिर्ता लिन काँग्रेसको आग्रह, नभए स्वतः पार्टीबाट निष्कासित हुने
टुडेपाटी
जनकपुरधाम, बैशाख १६ गते ।
अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दिएकाहरुलाई नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसले चेतावनी दिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।
पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन प्रेस विज्ञप्तीमा आग्रह गरिएको छ ।
Sponsored