मतदानको दिन सार्वजनिक बिदा दिन आयोगको आग्रह
टुडेपाटी–
काठमाडौं, बैशाख १५ गते ।
बैशाख ३० मा हुने चुनावका लागि निर्वाचन आयोगले सार्वजनिक दिन सरकारसँग आग्रह गरेको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय निर्वाचनका दिन सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बताए ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।
अहिले उम्मेदवारी दर्ता भएपछि आज नामावली प्रकाशन हुने कार्यसूची रहेको छ ।
Sponsored