सावा लाख भन्दा बढी विद्युतीय राहदानी जारी
टुडेपाटी–
काठमाडौँ, बैशाख १५ गते ।
नेपाल सरकारले विद्युतीय राहदानी जारी गरे पश्चात सावा लाख भन्दा बढी राहदानी जारी भएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् ।
प्रवक्ता लम्सालले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरूबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको बताइन् ।
राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत प्रवक्ता लम्सालले बताइन् ।
Sponsored