TodayPati

नेपालमा फेरि सुरु भयो लोडसेडिङ, बिजुली काट्ने तालिका सार्वजनिक हुँदै

टुडेपाटी–
काठमाडौँ, बैशाख १४ गते ।

नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ ।

बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि बुधबारबाट औद्यागिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ ।

Sponsored

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने बताए ।

उनले भारतबाट बिजुली पाउन छाडिसकिएकोले करिब १०/१५ दिन औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्ने बताए । उनले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’

Sponsored

प्राधिकरणले अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *