जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा
टुडेपाटी–
जनकपुरधाम, बैशाख १४ गते ।
जेठ १ गते देखि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ ।
हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
Sponsored