उपसचिवबाट राजीनामा दिएपनि पाएनन् टिकट
टुडेपाटी–
काठमाडौँ, बैशाख १३ गते ।
आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएपनि एकजना टिकट पाउन सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर देवचुली नगरपालिकाको मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसाल टिकट पाएनन् ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला तथा जिल्ला स्तरीय नेताहरुले पनि टिकटको आश्वासन दिए पनि उनले टिकट पाएनन् ।
कांग्रेसले उनलाई टिकट नदिई विष्णु बस्ताकोटीलाई उम्मेदवार बनाएपछि उनी खिस्रिक्क परेका हुन्।
देवचुली गाउँपालिकाको कांग्रेस सभापति समेत रहिसकेका भुसाल लोकसेवा आयोग हुँदै निजामती सेवा प्रवेश गरेपछि राजनीति छाडेका थिए।
Sponsored
देवचुली नगरपालिकाको मेयरमा उम्मेदवारी दिन केही साता अघि उनले उपसचिव पदबाट राजीनामा दिएका थिए ।