एउटा समोसकाका लागि बुवा र छोराले मिलेर गरे युवकको हत्या
एजेन्सी–
काठमाडौं, बैशाख १३ गते ।
भारतमा एउटा समोसकाको कारण बुवा र छोराले मिलेर एक युवकको हत्या गरेको छ ।
भारतको भोपालमा एक ‘चियास्टल’मा पसलेलाई नसोधी समोसा झिकेर खाएपछि स्टल सञ्चालक र उनका छोराले युवकको हत्या गरेका हुन् ।
आरोपीतले रक्सीले मातेका युवकले सोध्दै नसोधी समोसा झिक्दा प्रतिवाद गरेको र उल्टै झगडा गरेपछि चिया पकाउने भाँडाले हानेको बताएका छन् । स्टल सञ्चालकले भाँडाले र उनका छोराले लौरोले हानेपछि युवकको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
हरि सिंह र उनका छोरा सियारामले समोसा झिकेर खाएपछि विनोद अरिवरको हत्या गरेका हुन्।
Sponsored