TodayPati

मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमतीलाई बनाए उपाध्यक्षको उम्मेदवार

टुडेपाटी–
वीरगन्ज, बैशाख १३ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नै श्रीमतीलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् ।

मुख्यमन्त्री राउतले श्रीमती जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।

Sponsored

खातुनले सोमबार गाउँपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।

जनता समाजवादी पार्टीबाट उनले पालिका उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

सोमबार मात्र मधेश आन्दोलनका सहिद सोहन साह कलवारकी पत्नी विनिता साह कलवालाई जसपाले टिकट नदिएपछि उनले विवेकशील साझा पार्टीबाट वीरगन्ज १६ को वडा अध्यक्षमा उम्मेदवारी दिएकी छन् । जबकी सहिद पत्नि विनिता, २०७४ को निर्वाचनमा महिला सदस्यमा जसपाबाटै निर्वाचित भएकी थिइन् ।

Sponsored

पार्टी र राजनीतिमा सकृय नहरेकी खातुनलाई मुख्यमन्त्री राउतले आफ्नो जोडबलमा उपाध्यक्षको उम्मेदवार बनाएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *