धनुषाको मिथिला नगरपालिकामा माओवादी केन्द्र र जसपाबीच चुनावी गठबन्धन
टुडेपाटी-
जनकपुरधाम, बैशाख १३ गते ।
धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ ।
जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन् ।
माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर, उपमेयर पाएको छ ।
जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ । यस्तै माओवादी केन्द्रले वडा नं. ३,७,८,९,१० र ११ नम्बर वडा भागमा पाएको छ ।
माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
Sponsored
भागवण्डामा परका वडाबाट दुबै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको मेयरका उम्मेदवार महतोले बताए ।
यस नगरपालिकामा गत २०७४ को चुनावमा एमालेका उम्मेदवार हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए ।