क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एसबाट मेयरमा शिवशंकर र उपमेयरमा निर्मलाको उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, बैशाख १३ गते ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदमा शिवशंकर प्रसाद सिंह र उपमेयरमा निर्मला यादवले उम्मेदवारी दिएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा सिंह र यादवले मनोनयन दर्ता गराएका हुन् ।
मेयर पदमा मनोनयद दर्तापछि सिंहले क्षीरेश्वर नगरपालिकाको विकास र सुशासनलाई प्राथमिकतामा राख्न आफू र मेयर पदमा उम्मेदवारी दिएको बताए ।
नगरका लागि शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको उम्मेदवार सिंहले बताए ।
Sponsored