TodayPati

जनकपुरमा मेयरमा २६ र उपमेयरमा २५ जनाको उम्मेदवारी

टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।

जनकपुरधाम उपमहानगरको नयाँ नेतृत्वका लागि मेयरमा २६ जना र उपमेयरमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार साँझसम्म मेयरमा २६ र उपमेयरमा २५ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Sponsored

जनकपुरधामको मेयरमा सत्ता गठबन्धन दलको जनता समाजवादी पार्टी ९जसपा०बाट निर्वतमान मेयर लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बाट मनोज चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जनमत पार्टीबाट अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टी ९तमलोपा०बाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका वागी उम्मेदवार मनोज साह, बलराम महतो, जानकीराम साह, बैधनाथ साहसहित छन् ।

जसपाको भागमा मेयर परेपछि मनोज साह काँग्रेसका नगर अध्यक्षसहित पार्टीबाट राजिनामा दिएर उम्मेदवारी दिएका हुन् ।

Sponsored

यस्तै उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपमेयर रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट सरोज मिश्र लगायत छन् ।

जनकपुरधाम उपमहानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य लगायत १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *