TodayPati

बटेश्वर गाउँपालिकामा कुन दलबाट कसले दिए प्रमुख र उपप्रमुखमा उम्मेदवारी ?

टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुखमा विभिन्न दलबाट उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेसबाट पालिका प्रमुखमा रामअशिष महतो र उपप्रमुखमा फुलकुमारी सिंहले उम्मेदावी दर्ता गराएका छन् ।

Sponsored

नेकपा एमालेबाट पालिका प्रमुखमा श्यामकुमार महतो र उपप्रमुखमा रेनुका कुलामी, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा पदम लामा र उपप्रमुखमा दुईजना सारदा पहाडी दास र रेखाकुमारी महतोले उम्मेदवारी दर्ता गराएका हुन् ।

माओवादीबाट दुईजनाको उपप्रमुख पदमा उम्मेदवारी परेपछि विवाद भएको छ । जस मध्येबाट एकजनालाई मात्र मिलाउने माओवादीले प्रयास गरिरहेको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा रामप्रमोद महतो र उपप्रमुखमा निवर्तमान उपप्रमुख प्रमिला देवी महतो, लोसपाबाट प्रमुखमा अजयकुमार राउत र उपप्रमुखमा हिरादेवीले मनोनयन दर्ता गराएका छन् ।

Sponsored

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट प्रमुख पदमा राजकिशोर महतोले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पद खाली रहेको छ । त्यस्तै जनमत पार्टीसहित स्वतन्त्रबाट समेत उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले भोलि उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *