TodayPati

टिकट नपाएपछि निवर्तमान मेयर हरिनारायण महतोले एमाले छाडे, दिए स्वतन्त्र उम्मेदवारी

टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।

नेकपा एमालेले टिकट खोसेपछि धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको तर्फबाट राजाराम महतोले टिकट हात पारेपछि हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

Sponsored

अन्तिम समयमा टिकट खोसेर एमालेले राजारामलाई उम्मेदवार बनाएको छ ।

एमालेको तर्फबाट मेयरमा राजारामले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिएका छन् ।

यस्तै एमालेले उपमेयरमा सुनिता सिंह बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

Sponsored

अन्तिम समयमा पार्टीको टिकटबाट विमुख भएका हरिनारायण एमाले परित्याग गर्दै स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनुअघि हरिनारायणले पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

राजारामलाई हरिनारायणले नै एमालेमा भित्र्याएका थिए । गत २०७४ को निर्वाचनमा काँग्रेसबाट विद्रोह गर्दै राजाराम स्वतन्त्र उम्मेदवार बनेपछि हरिनारायणलाई मेयरमा जित्न सहज भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *