पूर्व एसएसपीले मेयर पदमा दिए स्वतन्त्र उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम,बैशाख १२ गते ।
नेपाली काँग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको दोस्रो दिन शुभेच्छुकहरुको सहभागितामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनमा दिएर चर्चामा आएका थिए ।
पार्टीले टिकट नदिए पनि स्थानीयहरुको सहयोगले चुनाव जित्ने भन्दै उनले सबैलाई एक पटक मौका दिन आग्रह गरेका छन् ।
Sponsored