TodayPati

देशभर ७१ हजार जनाले गराए उम्मेदवारी दर्ता, सबभन्दा बढी मधेश प्रदेशमा कति ?

टुडेपाटी-
जनकपुरधाम,बैशाख ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर ७१ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार साँझ साढे ७ बजे सम्ममा ७१ हजार २ सय ३७ मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

Sponsored

यस मध्ये नगर प्रमुखमा २ हजार १ सय १८ जना र उपप्रमुखमा १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा २ हजार २ सय २१ जना र उपाध्यक्षमा १ हजार ५ सय ४४ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।

वडा अध्यक्षमा १७ हजार ७ सय १ जना, दलित महिला सदस्यमा १० हजार ३ सय ७१, सदस्यमा २४ हजार ३ सय ९ जनाको उम्मेदवारी परेको हो ।

Sponsored

जस मध्ये सबभन्दा बढी मधेश प्रलदेशबाट १६ हजार ७७१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *