TodayPati

छ बजेसम्ममा जनकपुरधामको मेयरमा २२ र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता,

टुडेपाटी–
जनकपुरधाम, बैशाख १२ गते ।

जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि दोस्रो दिन पनि उम्मेदवारी दर्ता जारी छ ।

सोमबार ६ बजेसम्ममा मेयरका लागि २२ र उपमेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

Sponsored

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका दुई दिन निर्धारण गरेकोमा हालसम्म यतिजनाले उम्मेदवारी दर्ता गराएका छन् भने नगरपालिका परिसरमा प्रवेश गरिसकेकाहरुको उम्मेदवारी दर्ता जारी रहेको छ ।

जनकपुरधामको मेयरका लागि सत्ता गठबन्धन दलको जनता समाजवादी पार्टीबाट निर्वतमान मेयर लालकिशोर साह, नेकपा एमालेबाट शिवशंकर साह हिरा, लोसपाबाट मनोज चौधरी, जनमत पार्टीबाट अनिता देवी साह, तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुर, नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्र, कांग्रेसका वागी उम्मेदवार मनोज साह, बलराम महतो, जानकीराम साह, बैधनाथ साह, उमेश चौधरी लगायत २२ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका किशोरी साह, एमालेबाट रुना झा, लोसपाबाट निवर्तमान उपमेयर रिता कुमारी मिश्र, जनमत पार्टीबाट संतोष साह, नेपाल जनता पार्टीबाट बन्दना पाण्डे, स्वतन्त्रबाट सरोज मिश्र लगायत १७ जनाले उम्मेदवारी दिएका हुन् ।

Sponsored

प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उम्मेदवारी दर्ताको विस्तृत विवरण अहिले आउन बाँकी रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *