सत्ता गठबन्धनका उम्मेदवार निवर्तमान मेयरले लालकिशोरले दिए जनकपुरधामको मेयरमा उम्मेदवारी
टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।
जनकपुरधामको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार निवर्तमान मेयर लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनमा जसपाको भागमा मेयर परेपछि जसपाले निवर्तमान मेयरलाई नै उम्मेदवार बनाएका हुन् ।
२०७४ को निर्वाचनमा साह तत्कालीन राजपा नेपालबाट १० हजार भन्दा बढी मतान्तरले जितेका थिए । पछि पार्टी एकता भएर फुट्दा उनी जसपालाई नै रोजेका थिए ।
अहिले सम्म मेयरका लागि जानकी राम साह, बलराम महतो, बैधनाथ साह, मनोज चौधरी, अनिता देवी साह, मुरली मनोहर मिश्र सहिए दर्जन भन्दा बडीजनाले उम्मेदवारी दर्ता गराइ सकेका छन् ।
Sponsored