कांग्रेसबाट वागी भएर मनोजले दिए जनकपुरधामको मेयरमा उमेदवारी
टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।
नेपाली कांग्रेसबाट वागी भएर मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।
सतारुढ दलमा जनकपुरधामको मेयरमा जनता समाजवादी पार्टी (जसपा) को भागवण्डामा परेपछी नगर सभापति साहले कांग्रेस छाडेका थे ।
कांग्रेसले यहाँ मेयरमा उमेदवार नउठाउन सहमति गरेपछि नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति साहले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् ।
उनले सतारुढ दलको निर्णय पछि निर्णय सच्याउन २४ घण्टाको अल्टिमेटम दिएको थियो । तर पार्टीले निर्णय नसच्यपछि उनले पार्टीको साधारण सदस्य र सभापति पदबाट राजीनामा दिएका थिए ।
Sponsored