राजनीतिक दलबाट जनकपुरधाममाआचारसंहिताको उलंघन
टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।
जनकपुरधाममा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता र ट्राफिक नियमको खिल्ली उडाएका छन् ।
प्रमुख राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालिकाको प्रयोग गरेका छन् ।
निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी दर्ताको दोस्रो दिन जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउन आउने उम्मेदवारहरुले बालबालिकाको प्रयोग गरेका छन् ।
नेपाली कांग्रेस, एमालेका वडाध्यक्षका उम्मेदवारहरु उम्मेदवारी गर्न आउँदा बालबालिकाको प्रयोग गरेका छन् ।
बालबालिकाको प्रयोग मात्र नभई ट्राफिक नियमलाई समेत धजिया उडाएका छन् ।
Sponsored