बटेश्वर गाउँपालिका प्रमुख पदमा एमालेबाट श्याम महतोले पाए टिकट, गापा अध्यक्ष क्षेत्री आउट
टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा नेकपा एमालेबाट श्याम महतोलाइ प्रमुख पदको टिकट पाएका छन् ।
निवर्तमान गाउँपालिका डम्बर बहादुर राउत क्षेत्रीलाई ब्याक गरेर महतोलाई एमालेले टिकट दिएको हो ।
क्षेत्री फेरि चुनाव लड्न गत शुक्रबार पदबाट राजीनामा दिएका थिए ।
पालिका अध्यक्ष उम्मेदवारको लागि एमाले बटेश्वर गाउँसमितिले ९ जनाको नाम सिफारिस भएको थियो ।
सुरुमै उनले छलेर बैठक डाकी एकल नाम सिफारिस गराएका थिए ।
Sponsored
सो कारण एमाले भित्र तित्र विवाद उत्पन्न भएपछि पालिका कमिटी पुनः बैठक बसबेर क्षेत्रीसहित ९ जनाको नाम सिफारिस गरेको थियो ।
घुस काण्डमा परेको तथा छुद्र स्वभाव व्यवहारले कलंकित क्षेत्रीलाई पालिका अध्यक्षको पुनः टिकट नदिन एमालेमा व्यापक दबाब बढेको थियो ।