TodayPati

जनकपुरको मेयरका लागि ६ दिन अघि एमाले प्रवेश गरेका जानकीराम पार्टी छाडे

टुडेपाटी

जनकपुरधाम, बैशाख १२ गते ।

जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गरेका छन्।

Sponsored

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले सोमबार दिउँसो १ बजे स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

यद्यपी नवगठित तराई  मधेस लोकतान्त्रिक पार्टीबाट समेत उनलाई मेयरको टिकटको अफर गरिएको छ।

Sponsored

जनकपुर- ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए।  उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली  आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।

ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका थिए।

ओलीबाट आश्वासन पाएका साहले केही समयअघि नै उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *