मेयरको टिकट नपाएपछि मधेश प्रदेशका कानुन मन्त्रीले लिए राजिनामा फिर्ता
टुडेपाटी-
जनकपुरधाम, बैशाख ११ गते ।
मेयरमा लड्ने भन्दै राजीनामा दिएका मधेश प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजिनामा अन्ततः राजिनामा फिर्ता लिएका छन् ।
यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् ।
‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’ उनले भने ।
राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा यादवले निवेदन दिएपनि दर्ता भएको थिएन ।
Sponsored
मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको कारण राजीनामा फिर्ता लिन सहज भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए ।