TodayPati

बटेश्वर गाउँपालिकाको निर्वाचन कार्यालयमा कसैले दर्ता राएनन् उम्मेदवारी

टुडेपाटी-
जनकपुरधाम, बैशाख ११ गते ।

धनुषाको बटेश्वर गाउँपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गराउन कोही पनि नआएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराउन बटेश्वरस्थित गाउँपालिकाको नयाँ कार्यालय भवन स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको पहिलो दिन अर्थात आइतबार एक जना उम्मेदवार पनि उम्मेदवारी दर्ता गराउन नआएको हो ।

Sponsored

उम्मेदवारी दर्ताका लागि बिहान १० देखि दिउँसो ५ बजेसम्म कार्यालय खोलेर बसेको भएपनि उम्मेदवारी दर्ता गराउने कोही नआएको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए ।

जनमत, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेतालाई प्रत्यक्ष तथा टेलिफोन सम्पर्क गरेर आइतबारै उम्मेदवारी दर्ता गराउन आउन आग्रहसमेत गरेको उनले जानकारी दिए ।

सबै राजनीतिक तथा स्वतन्त्र उम्मेदवारले एकैदिन मनोनयन दर्ता गराउँदा कार्यालयमा भिडभाड बढ्ने र काम गर्न समस्या हुने हुँदा बटेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयले आइतबार र सोमबार गरी दुई दिन उम्मेदवारी दर्ता गराउन सक्ने सूचना सार्वजनिक गरेको छ ।

Sponsored

राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न छलफलमै रहेकाले मनोनयन दर्ताको पहिलो दिन कोही नआएको बुझिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *