जनकपुरधाम उपमहानगरको मेयरका लागि ८ र उपमेयरका लागि ३ जनाले दर्ता गराए उम्मेदवारी
टुडेपाटी–
जनकपुरधाम, बैशाख ११ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दिएका छन् ।
पहिलो दिन राजनीतिक दलबाट दुई र स्वतन्त्रका ६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
पहिलो दिन मेयरमा ८ जना सहित कूल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
पहिलो दिन मेयरका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ भने उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको हो ।
मेयरमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दर्ता गराएका हुन् । भने स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
यस्तै, उपमेयरमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
Sponsored
बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
अब बाँकी उम्मेदवारहरुको मनोनयन दर्ता भोली हुनेछ ।