जनकपुरधामका मेयरका लागि जसपाले फेरि दियो लालकिशोर साहलाई टिकट
टुडेपाटी-
जनकपुरधाम,बैशाख ११ गते ।
जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लागि जनता समाजवादी पार्टीबाट फेरि लालकिशोर साहलाई टिकट दिएको छ ।
उनलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।
यसअघि २०७४ मा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट मेयर पदमा निर्वाचित भएका थिए ।
पछि राजपा र संघीय समाजवादी पार्टी बीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोको कित्ता परिवर्तन गरेर उपेन्द्रमा गए ।
पार्टी विभाजन हुँदा समेत मेयर साह पुनः मेयर पदको टिकटका लागि जसपामै कायम बसे ।
Sponsored
पदमा रहुञ्जले जन भावना अनुसार काम नगरको तथा चरम भ्रष्टाचार गरेको भन्दै साहप्रति जकपुरका जनता असन्तुष्ट छन् ।
जनकपुरमा गठबन्धनबाट जसपाका भागमा नगर प्रमुख परेको छ । तर गठबन्धन भित्रका दलका नेता कार्यकर्ताले उनलाई मतदान नगर्ने बताइरहेका छन् ।
गठबन्धन दलका नेताकार्यकर्ताले लालकिशोर साहको बिकल्पका अनुहार जसपाले मेयरमा ल्याउनु पर्ने भन्दै आएका छन् ।