TodayPati

जनकपुरधाममा उम्मेदवारी दर्ता सुरु

टुडेपाटी-
जनकपुरधाम, बैशाख ११ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा वडाध्यक्ष तथा वडा सदस्यका लागि आकांक्षीहरुले उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेका हुन् ।

Sponsored

जनकपुरधाममा २५ वटा वडा रहेको छ ।

अहिले सम्म लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन् भने सत्ता गठबन्धन दल जसपाको भागमा मेयर परेपनि अहिले सम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि २ दिन समय निर्धारण गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *