TodayPati

लोसपाले धनुषाको १४ वटा पालिकामा टुंगो लगायो पालिका प्रमुखको उम्मेदवार (नामावलीसहित)

टुडेपाटी
जनकपुरधाम, बैशाख ११ गते ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषाको १८ मध्ये १४ पालिका प्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

चारवटा पालिका बाहेक १४ वटा पालिकामा पालिका प्रमुखको उम्मेदवार टुंगो लगाएको लोसपा नेताका प्रदेशसभा सदस्य तथा सचेतक परमेश्वर साहले टुडेपाटीलाई जानकारी दिए ।

Sponsored

जनकपुरधामसहित केहि पालिकाहरुमा उपप्रमुखको नाम पनि टुंगो लागिसकेको र केहिमा लगाउने प्रयास जारी रहेको उनले जानकारी दिए ।

मिथिला नगरपालिका, कमला नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र लक्ष्मीनिया गाउँपालिकाको उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको उनले बताए

। यी बाहेक १४ वटा पालिकामा प्रमुख पदको उम्मेदवार लागइसेको लोसपाले जनाएको छ ।

Sponsored

यी हुन् लोसपाले धनुषाबाट टुंग्याएका उम्मेदवारहरु :

धनुषाको जनकपुरधाम उपमहानगरपालिका : मनोजकुमार चौधरी

सबैला नगरपालिका : रामचन्द्र प्रसाद जयसवाल

औरही गाउँपलिका : प्रमोद कुमार यादव

धनौजी गाउँपालिका : जिवेन्द्र झा

जनकनन्दनी गाउँपालिका : सुनिल मण्डल

हंशपुर नगरपालिका : रामज्ञान मण्डल

क्षीरेश्वरनाथ नगरपालिका : रामराज महतो

धनुषाधाम नगरपालिका : सूर्यनाथ यादव

नगराइन नगरपालिका : राजेश चौधरी

मिथिला बिहानरी नगरपालिका : अकबर नदाफ

बटेश्वर गाउँपालिका : अजय कुमार राउत

गणेशमान चारनाथ नगरपालिका : सुकदेव यादव

सहिदनगर नगरपालिका : विनोद प्रसाद रोहिता

विदेह नगरपालिका : इन्द्रनारायण मण्डल

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *