TodayPati

मधेश प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल झाको निधन

टुडेपाटी-
जनकपुरधाम, बैशाख ११ गते ।

मधेश लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ तथा प्रदेशकी प्रदेशसभा सदस्य डा. डिम्पल झाको निधन भएको छ ।

लामोसमयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको आइतबार बिहान ४ बजे काठमाडौं स्थित आफ्नै निवासमा उपचारको क्रममा मृत्यु भएको लोसपाका नेता राजिव झाले जानकारी दिए । ।

Sponsored

डिम्पल झा लोसपा नेता अनिल कुमार झाका पत्नी हुन् ।

उनी मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्ती समेत थिइन् ।

डिम्पल झा लालबाबु राउत नेृतत्वको सरकारमा तत्कालीन राजपा नेपालबाट २०७५ साउनमा भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी थिइन् ।

Sponsored

जसपा पार्टी विभाजनको संघारमा पुग्दा झासहित चारजना मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले एक वर्ष अघि बर्खास्त गरेका थिए ।

आफ्नो कार्यकालमा उनले मन्त्री जितेन्द्र सोनलबाट असन्तुष्ट हुँदै राजिनामा समेत दिएकी थिइन् । पछि फेरि फिर्ता लिएकी थिइन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका मतसरी घर भएकी झा ४३ वर्षकी थिइन् ।

उनी संघीय सद्भावना पार्टीबाट २०६४ पहिलो संविधान सदस्य बनेकी थिइन् । उनी समानुपतिक कोटाबाट संविधानसभा सदस्य थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *