जनकपुरधाम-४ बाट वडाध्यक्षका लागि राकेश सिंंह उम्मेदवारी दिने
टुडेपाटी–
जनकपुरधाम, बैशाख १० गते ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ बाट राकेश सिंहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सिंहले नेपाली कांग्रेसले टिकट नदिएपछि आफु स्वतन्त्र रुपमै उम्मेदवारी दिने बताएका छन् ।
सिंहले वडामा जुन प्रकारले विकास हुनेपर्ने थियो त्यस अनुसार नभएको र वडाको विभिन्न टोलका स्थानीयहरुले आफुलाई यस वडाको जिम्मा लिन आग्रह गरेपछि उम्मेदवारी दिन लागेको बताए ।
उनले आफु जिते नगरमा शौचालयको अभाव, बति, सरसफाई लगायतको कमी रहेकाले त्यस तर्फ केन्द्रीत भएर काम गर्ने बताए ।
उनले स्वतन्त्र उम्मेदवारी दिएपछि आफ्नो र परिवारको छवीको कारण वडाका जनताहरुलाई आफुलाई जिताउनेमा ढुक्क रहेको बताए ।
Sponsored
वडा ४ मा उम्मेदवारी दिन लागेका सिंह एक दशक भन्दा बढी समय सञ्चार क्षेत्रमा बिताएका हुन् ।
जनकपुरधामबाट प्रशारण हुने रेडियो मिथिलाको स्टेशन म्यानेजरको रुपमा एक दशक भन्दा बढी समय काम गरेका र अब समाज र आफ्नो वडाको विकासका लागि जनप्रतिनिधि बन्न उम्मेदवारी दिन लागेको बताए ।