एमालेका प्रदेश समिति सदस्य मियाँ नेकपा माओवादी केन्द्रमा प्रवेश
शुभ नारायण यादव–
सप्तरी, बैशाख १० गते ।
नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शनिवार राजविराजमा आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदा लगायतका नेताहरुले माला र टिका लगाएर मियाँलाई पार्टी प्रवेश गराएका हुन् ।
मियाँ गत २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयर पदमा चुनाब लडेका थिए । त्यस्तै प्रतिनिधिसभा निर्वाचनमा पनि क्षेत्र नम्वर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा मियाँ पूनः मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
मियाँ पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले उनलाई बोदे बर्साइन नगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
Sponsored
माओवादीमा प्रबेश गर्दै मियाँले एमाले पार्टी भित्र समन्ती ब्राह्मणबाद प्रबृति हाबी भएकाले आफु एमाले परित्याग गरेको बताए ।
उक्त पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेश प्रदेश समिति सदस्यहरू महेश कुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादव लगायतको उपस्थिति रहेको थियो ।