तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिताले दिइन् राजीनामा
शुभ नारायण यादव–
सप्तरी, बैशाख १० गते ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमे फेरी उम्मेदवार बन्नका लागि जनप्रतिनिधिहरुले राजीनामा दिइरहेकोमा उनले पनि राजीनामा दिएकी हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाल अधिराजको सबैभन्दा कम उमेरको द्रोसो उपाध्यक्षको रुपमा परिचित तिलाठी कोइलाडीकी उपाध्यक्ष सुचिता कुमारी यादव थिइन् ।
तिलाठी कोइलाडी गाउँपालिकामा भ्रष्टाचार र बेतिथी बिरुद्धमा आफनो आबाज पटक पटक उठाएकी उनले पूनः जसपा बाट नै चुनाव लडने चर्चा चलिरहेको छ ।
२०७४ सालको निर्वाचनमा उनले २ हजार ९ सय ९६ मत ल्याई बिजयी भएकी थिइन् ।
Sponsored