TodayPati

मधेश प्रदेश : दुई मोटरसाईकल ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, बैशाख १० गते ।

सप्तरीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ ।

ज्यान जानेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने वर्ष ३० का पप्पु यादव, वर्ष २६ का संदिप यादव र वर्ष २८ का बुच्चु भन्ने रंजित यादव रहेका छन् ।

Sponsored

शुक्रबार मध्यराति हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा पश्चिम तर्फ आउँदै गरेको प्र.१-०२४१ प=२२९६ नम्बरको मोटरसाइकल सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुबै मोटरसाइकलमा सवारी तीनैजना युवक गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लग्दा चिकित्सकले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Sponsored

तिव्र गतिमा मोटरसाईकल हाक्ने प्रतिष्पर्धा गर्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *