TodayPati

सिरहा नगरपालिकामा मेयर सहित ७० जना जनप्रतिनिधिले दिए सामूहिक राजीनामा

टुडेपाटी–
सिरहा, बैशाख ९ गते ।

सिरहाको सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्।

शुक्रवार नगरप्रमुख अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७० जना जनप्रतिनिधिले राजीनामा बुझाएका हुन् ।

Sponsored

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राजीनामा बुझाएका छन्।

उनीसँगै वडा नम्बर १ का अध्यक्ष महेश कुमार यादव, वडा ४ का अध्यक्ष इजहारुल हक, वडा नम्बर १० का वडाअध्यक्ष जुगल किशोर कामती, ११ का अध्यक्ष विनोद कुमार कामती, कार्यपालिका सदस्य हृन्दकेश्वर लाल कर्ण, वडा सदस्य समुन्द्री पासमान लगायत ७० जनाले राजीनामा दिएका छन्।

सिरहा नगरपालिकामा १ सय १३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । उपमेयर डा नमिता यादव सहित ४३ जनाले अहिले राजीनामा दिएका छैनन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *