मेयर बन्न मधेश प्रदेशका प्रदेशसभा सदस्य कलामले दिए राजीनामा
टुडेपाटी–
जनकपुरधाम, बैशाख ९ गते ।
स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्नका लागि मधेश प्रदेशका प्रदेश सदस्यले राजीनामा दिएका छन् ।
रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य शेखअबुल कलाम अजादले राजीनामा दिएका हुन् ।
प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित भएका उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए ।
कलाम गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिएको बताए ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले उनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको जानकारी दिए ।
Sponsored