TodayPati

टुडेपाटी समाचार प्रभाव: जनकपुरका मेयर लालकिशोरले तिरे १० वर्षको बाक्यौंता खानेपानीको महसुल

टुडेपाटी-
जनकपुरधाम, बैशाख ९ गते ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले १० वर्षबढी समयदेखिको खानेपानीको बाँकी बक्यौता महसुल तिरेका छन् ।

उनले चैत मसान्तसम्मको १ लाख ४६ हजार रुपैयाँ महसुल शुक्रबार नेपाल खाने पानी संस्थानको कार्यालय जनकपुरमा तिरेका हुन् ।

Sponsored

बिहीबार टुडेपाटीले सरकारी सेवासुविधामा रजगज जनकपुरधामका मेयर लालकिशोरले १० वर्षदेखि तिरेनन् घर धाराको महसुल समाचार प्रकाशन गरेपछि उनले महसुल तिरेका हुन् ।

गत चैत मसान्तसम्म को बाँकीबक्यौता महसुल मेयर साहले शुक्रबार बिहानै तिरेको कार्यालयले जनाएको छ ।

मेयर साहले गत चैत महिनासम्मको १ लाख ४६ हजार रुपैयाँ महसुल शुक्रबार नेपाल खाने पानी संस्थानको कार्यालय जनकपुरमा तिरेको जनाएको छ ।

Sponsored

टुडेपाटीका सम्पादक समेत रहेका पत्रकार शैलेन्द्र क्रान्तिले सूचनाको हक प्रयोग गरी खानेपानी संस्थान कार्यालयबाट सूचना मागरेका थिए । संस्थानले उपलब्ध गराएको विवरणमा मेयर साहले १० वर्ष भन्दा बढी समयदेखि खानेपानीको महसुल नतिरेको पाइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्दचोक भन्दा पूर्व रहेको मेयर साहको घरमा उनकै नाममा खानेपानीको धारा जडान छ ।

खानेपानी संस्थान कार्यालयले पटक पटक महसुल तिर्न ताकेता गर्दा पनि पदको आडमा मेयर साहले वास्ता गरेका थिएनन् । उल्टै कर्मचारीलाई महसुल छुट गर्नु पर्ने भनेर दबाब दिँदै आएका थिए ।

डरको कारण संस्थानका कर्मचारीले पनि उनको धाराको लाइन समेत हिम्मत गरेका थिएनन् । तर टुडेपाटीले बिहीबार समाचार ब्रेक गरेपछि उनले शुक्रबार नै महसुल तिरेका हुन् ।

यो पनि पढ्नुहोस्

जनकपुरका मेयर लालकिशोर सरकारी ढुकुटीमा रजगज : तर १० वर्षदेखि तिरेनन् घर धाराको महसुल

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *