TodayPati

वीरगन्जमा एमाले–लोसपा तालमेल भएपछि लोसपामा चर्कियो विवाद

टुडेपाटी–
जनकपुरधाम, बैशाख ८ गते ।

वीरगञ्ज महानगरपालिकाका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन भएपछि लोसपा भित्र विवाद चुलिएको छ ।

बैशाख ३० गते हुने चुनावका लागि मेयर तथा उपमेयर सहितका जनप्रतिनिधिका लागि गठबन्धन भएपछि वीरगञ्ज नगर कमिटीले आपत्ति जनाएको छ ।

Sponsored

लोसपा वीरगञ्ज कमिटीका अध्यक्ष ओमप्रकाश सरार्फले आफु र नगर कमिटीसँग बिना कुनै सल्लाह गठबन्धन गरिएकोले यसका कारण ठुलो क्षति हुने बताएका छन् ।

दुबै पार्टीले पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन भएको जानकारी दिएपछि सरार्फले लिखित रुपमै असन्तृष्टि जनाएका हुन् । उनले वीरगञ्ज महानगरमा आफ्नो पार्टी सशक्त रुपले तयार रहेको अवस्थामा सम्र्पण हुने गरि गठबन्धन हुने नेता तथा कार्यकर्ताको खिलाफ रहेको जनाएका हुन् ।

उनले मधेशको मुद्दा र पार्टीको हितका लागि आफु अन्तिम साससम्म लड्ने र यसका लागि सबै नेता तथा कार्यकर्ताहरुलाई आफुलाई समर्थन गर्न अपिल गरेका छन् ।

Sponsored

बिहिवार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुखमा एमाले र उपप्रमुखमा लोसपाबाट साझा उमेदवार उठाउने गरी तालमेलको सहमति भएको हो ।

सहमतिपत्रमा एमालेका जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् ।

पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्ण, लोसपाका प्रदेश सांसद रमेश पटेल र विमल श्रीवास्तवलगायत नेता–कार्यकर्ता उपस्थित थिए ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *