TodayPati

जसपाबाट जनकपुरधामको सम्भावित उम्मेदवारमा अम्भुप्रसाद साह

टुडेपाटी–
जनकपुरधाम, बैशाख ८ गते ।

सत्ता गठबन्धनमा उपमहानगरपालिकाको भागबण्डा मिलेपछि जनकपुरधाममा उम्मेदवारको चर्चा सुरु भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जसपाको भागमा परेपछि पार्टी भित्रका नेताहरु आ–आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन् ।

Sponsored

जसपा नेपालबाट जकपुरधामको मेयरका लागि पुनः मेयर लालकिशोर साह नै दोहोरिने हल्लाकोबीच त्यसको विकल्पमा जसपाका नेता तथा कार्यकर्ताहरु जुटेका छन् ।

मेयर साहको कार्यकाल राम्रो नबितेको तथा भ्रष्टाचारको आरोपहरु लाग्दै आएकाले पार्टी भित्रबाट अरुलाईलाई मौका दिनुपर्ने आवाल उठ्न थालेको हो ।

यसैबीच जसपाबाट मेयरका लािग अम्भु प्रसाद साहको नाम चर्चामा आएको छ ।

Sponsored

जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका जसपा नेपाल धनुषाका उपाध्यक्ष अम्भुप्रसाद साहको नामको चर्चा सुरु भएको छ ।

अम्भुप्रसाद साहले पार्टीमा नगरभित्रका कार्यकर्ताको समर्थन र उद्योगी व्यवसायी सहित नगरवासीको माया स्नेह आफूमाथि रहेको हुनाले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका हुन् । उनले पार्टी भित्र अन्य उम्मेदवार भन्दा आफू मजबूत स्थितिमा रहेकोले पार्टीले आफुलार्ई मौका दिनुपर्ने तर्क गर्छन् ।

अम्भुले जनकपुरधाम नगरको विकास र समृद्धिका लागि आउने नेतृत्व युवामा हस्तान्तरण गर्नुपर्ने पार्टीले लिनुपर्ने र यसका लागि नेता कार्यकर्ताहरुले समेत दबाव श्रृजना गरिरहेको बताए ।

आफू योग्य युवा उम्मेदवार रहेको र आफूसँग जनकपुरधाम उपमहानगरलाई विकास गर्न सक्ने तथा स्मार्ट शहरको रुपमा विकास गर्न सक्ने भिजन भएको हुनाले दाबी प्रस्तुत गरेको बताए ।

जसपा नेपालबाट मेयरका लागि वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, मधेश प्रदेश सदस्य बजरंग यादव लगायतको नाम चर्चामा रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *