TodayPati

वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन, एमालेले पायो मेयर, लोसपा उपमेयर

टुडेपाटी–
जनकपुरधाम, बैशाख ८ गते ।

आसन्न स्थानीय तह निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन भएको छ ।

सत्ता गठबन्धनका दलहरु स्थानीय तहको निर्वाचनमा एक जुट भइरहेको समय एमाले र लोसपाले समेत वीरगञ्ज महानगरपालिकामा गठबन्धन गरेको छ ।

Sponsored

बिहिवार एमाले र लोसपाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै वीरगञ्जका मेयर र उपमेयरमा संयुक्त उम्मेदवार चुनावी मैदानमा उतार्ने सहमति गरेका छन । सो गठबन्धनले एमालेबाट मेयर र लोसपाबाट उपमेयरको संयुक्त उम्मेदवार दिने सहमति गरेको छ।

एमाले सचिव रघुवीर महासेठ र लोसपा नेता कर्णको आतिथ्यमा भएको सो पत्रकार सम्मेलनमा यस्तो सहमति भएको छ ।

पत्रकार सम्मेलन पश्चात एमालेका जिल्लाध्यक्ष जयप्रकाश थारु र लोसपाका जिल्लाध्यक्ष पुरुषोत्तम झाले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी सहमति बारे जानकारी गराएको छ ।

Sponsored

वीरगञ्जमा दुई दलबीच भएको सहमति अनुसार मेयरमा एमालेले वर्तमान मेयर विजयकुमार सरावगीलाई र उपमेयरमा लोसपाले जिल्ला अध्यक्ष पुरुषोत्तम झालाई उम्मेदवार बनाउने निर्णय समेत गरेको लोसपाका नेता लक्ष्मण लाल कर्णले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *