TodayPati

लक्ष्मीनिया गाउँपालिका अध्यक्ष पदको लागि काँग्रेसबाट शिवशंकर यादव सम्भावित उम्मेदवार

टुडेपाटी-
जनकपुरधाम, बैशाख ७ गते ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका अध्यक्ष पदको उम्मेदवारको टिकटका लागि नेपाली काँग्रेसबाट नेता शिवशंकर यादवले दावी गरेका छन् ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष पदमा आफूलाई लक्ष्मीनिया गाउँपालिकाको तीनवटा वडाबाट सिफारिस भएको बताए ।

Sponsored

२०३६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशील भएर राजनीतिमा लागेका यादवको गत २०७४ को स्थानीय चुनवामा पनि नाम सिफारिस भएको थियो । अध्यक्ष पदमा यादव र कुमरकान्त झासहित दुईजनाको नाम सिफारिस भएको थियो ।

अर्को पटकको लागि पार्टीले उनलाई बसेर झालाई सघाउन भनेपछि उनी ब्याक भएका थिए ।
उनले सक्रिय भूमिका रकान्त झालाई जिताउन सक्रिया रुपमा भूमिका खेलेका थिए ।

यधपी लक्ष्मीनिया गाउँपालिकामा तत्कालीन संघीय समाजवादी फोरमबाट बिन्देश्वर यादव विजयी भएका थिए ।

Sponsored

पार्टीको लागि सधैँ योगदान र त्याग गरेकाले यसपटक पार्टीले आफूलाई मूल्यांकन गरेर टिकट दिनेमा विश्वस्त रहेको यादवले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *