TodayPati

पार्टीको निर्णयलाई मान्छौँ : शिवशंकर साह

टुडेपाटी–
जनकपुरधाम, बैशाख ७ गते ।

नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको शिवशंकर साह हिराले आफु पार्टीको निर्णयलाई मान्ने बताएका छन् ।

जनकपुरधामको मेयरका लागि एमालेबाट हिराको नाम सिफारिस भइसकेपछि उनी घरदैलो कार्यक्रममा लागेका थिए । तर मेयरकै अर्का आकांक्षी जानकीराम साहले एमाले प्रवेश गरेपछि हिराले आफु पार्टीको निर्णलाई मान्ने बताएका छन् ।

Sponsored

हिराले पार्टीमा उम्मेदवार छनोट गर्ने विधि–विधान, पद्धति रहेको र त्यसभन्दा बाहिर जाने कसैलाई अनुमति नरहेकाले अहिले पार्टीको मत मागि रहेको बताए ।

हिराले विगतमा एमालेलाई मधेश विरोधीको रुपमा षडयन्त्रपूर्वक प्रचार गरिएको भन्दै यस चार वर्षको अवधिमा पार्टीले काम गरेर आफुहरु मधेश विरोधी नरहेको पुष्टि गरिसकेको बताए ।

हिराले एमालेमा प्रवेश गरेका जानकी रामलाई स्वागत गरेको भन्दै पार्टीले मुल्यांकन गरेर टिकट दिने र त्यसलाई आफुहरुले मान्ने बताए । जानकी राम एमालेमा प्रवेश गरेपछि हिराले टिकट पाउने सम्भावना घटेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *