TodayPati

जनकपुरधामको मेयर तथा उपमेयरका लागि कांग्रेसबाट तीन/तीन जनाको नाम सिफारिस

टुडेपाटी–
जनकपुरधाम, बैशाख ७ गते ।

जनता समाजवादी पार्टीको भागमा परेको जनकपुरधाम उपमहानगरपालिकाको मेयर तथा उपमेयरका लागि नेपाली कांग्रेसको तर्फबाट तीन÷तीन जनाको नाम सिफारिस भएको छ ।

मेयरका लागि नगरसभापति मनोज साह, उपसभापति राकेश विक्रम साह र किशोरी साहको नाम सिफारिस गरिएको छ ।

Sponsored

त्यस्तै उपप्रमुखमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरेको नाम सिफारिस गरिएको नगर सचिव लालबाबु मिश्रले जानकारी दिए ।

बुधवार नै सत्ता गठबन्धनले उपमहानगरको भागबण्डा गरेकोमा जनकपुरधाम जनता समाजवादीलाई परेको छ ।

यस निर्णय प्रति कांग्रेसको नगरकमिटीले आपत्ति समेत जनाइसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *