गठबन्धनविरुद्ध जनकपुरमा आक्रोशित काँग्रेस नेताकार्यकर्ता टायरवालेर गरे प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, बैशाख ७ गते ।
गठबन्धन विरुद्ध जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) नेपाललाई दिने निर्णय विरोधमा काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शन गरेका हुन् ।
पार्टीलाई समाप्त गर्न सभापति शेरबहादुर देउवाले यस्तो निर्णय गरेको भन्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैनलगायतका नारा उनीहरुले लगाएका थिए ।
एकलै चुनाव लड्न सक्ने सामथ्र्य काँग्रेससंग रहेपनि जसपालाई दिनु दुखत रहेको कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले आक्रोश पोखे ।
Sponsored