TodayPati

सत्ता गठबन्धन भित्र उपमहानगरको पनि लाग्यो टुंगो, जसपाले पायो जनकपुरधाम

टुडेपाटी–
काठमाडौं, बैशाख ७ गते ।

सत्तारुढ गठबन्धनले महानगरपालिका पछि उपमहानगरपालिकाको पनि टुंगो लगाएको छ । सत्तागठबन्धनमा भएको सहमति अनुसार जनकपुरधाम उपमहानगरपलिकाको मेयर जनता समाजवादी पार्टीले पाएको छ ।

योसँगै स्थानीय चुनावका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले भागवण्डा टुंग्याएको छ ।

Sponsored

सबै महानगरपलिका र उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

सत्ता गठबन्धन दलको सहमति अनुसार स्थानीय तह निर्वाचनमा ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउनेछ भने एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व पाउनेछ ।

Sponsored

त्यस्तै धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्व कांग्रेसले पाउनेछ ।

मंगलबार सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा टुंग्याएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *