TodayPati

मधेशमा तालमेल हुन नसके गठबन्धन दलहरुबीच स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनको निर्णय

टुडेपाटी–
जनकपुरधाम, बैशाख ७ गते ।

सत्ता गठबन्धनन दलले मधेश प्रदेशको सबै स्थानीय तहमा सहमति गर्न सकेको छैन् ।

स्थानीय तहमा सहमति हुन नसकेपछि गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने गरेको छ ।

Sponsored

बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा सत्तागठबन्धन दल बाहेकसँग चुनावी तालमेल अथवा गठबन्धन गर्न नपाउने निर्णय समेत गरेको नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीप कुमार यादवले जानकारी दिए ।

बुधवार जनकपुरधाममा सम्पन्न सत्तागठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल हुन नकसेपनि गठबन्धन बाहेकका दलसँग तालमेल अथवा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धन दलले सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन भई चुनावमा नगएको पालिकाहरुमा गठबन्धन वाहिरका दल प्रतिस्पर्धा रहेको ठाउँमा सत्ता गठबन्धन दल अधिक्तम ललिचो भई चुनावी तालमेल गर्ने, गठबन्धन दलहरु भित्रका सवै दल एक जुट हुन नसकेमा गठबन्धन दल भित्रकै दलहरु विच आपसी तालमेल गरि चुनावमा प्रतिस्पर्धा गर्ने, गठबन्धन नभएको पालिकाहरुमा गठबन्धन दलहरु स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने, सत्ता गठबन्धन दल बाहिरको दल सँग कुनै चुनावी तालमेल वा गठबन्धन गर्न नपाईने निर्णय गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *