TodayPati

वृद्ध भत्ता वितरण नगरेको भन्दै भंगहाका मेयरले बैंकमा लगाए ताला

टुडेपाटी-
महोेत्तरी, बैशाख ७ गते ।

सामाजिक सुरक्षा भत्ता लामोसमयसम्म वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिका मेयर संजिवकुमार साहले बैंकमा नै तालबन्दी गरेका छन् ।

बुधबार दिउँसो उनले भंगहाको सीतापुर बजारमा रहेको कुमारी बैंकमा तालबन्दी गरेका हुन् ।

Sponsored

नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेकाले बाध्य भएर तालाबन्दी गरेको मेयर साहले बताए ।

‘साढे ४ महिना अघि नै नगरपालिकाले बैंक खातामा समाजिक सुरक्षा भत्ता जम्मा गर्यो । पटक पटक बाँड्न आग्रह गरे । तर कुनै वास्ता गरेन । त्यस कारण बाध्य भएर तालाबन्दी गरे, उनले भने ।

तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ ।

Sponsored

चाँडै वितरण गर्ने प्रतिबद्धता नगरेसम्म तालाबन्दी यथावत रहने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *