TodayPati

मिथिला नगरपालिकामा मेयर पदको लागि माओवादीबाट रामकुमार महतोको एकल नाम सिफारिस

टुडेपाटी-
जनकपुरधाम, बैशाख ७ गते ।

धनुषाको मिथिला नगरपालिकामा मेयर पदका उम्मेदवारका लागि नेकपा माओवादी केन्द्रले रामकुमार महतोको नाम सिफारिस गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार बसेको माओवादी केन्द्रको बैठकले मेयर पदमा महतोलाई सर्वसम्म उम्मेदवारको नाम सिफारिस गरेको हो जनाएको छ ।

Sponsored

महतो गत २०७० को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए ।

यसअघि एमालेले मिथिला नगरपालिकामा  मेयर पदको लागि पुनः वर्तमान मेयर हरिनारायण महतोको नाम सिफारिस गरेको थियो ।

काँग्रेस भित्र प्रत्यासी बढी हुँदा उम्मेदवार छनौट गर्न सकेको छैन ।

Sponsored

यस नगरपालिकामा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच तालमेलको प्रवल सम्भवना रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *