निर्वाचनमा उम्मेदवारी दर्ता गराउन चाहने जनप्रतिनिधिले राजिनामा दिनु पर्ने
टुडेपाटी-
जनकपुरधाम, बैशाख ६ गते ।
अगामी स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराउन चाहने जनप्रतिनिधिले राजिनामा दिनु पर्ने भएको छ ।
यस अघि सर्वोच्च अदालतले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
तर सो आदेश सर्वाच्चले मंगलबार खारेज भएको हो ।
न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश खारेज गरेको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
Sponsored