नेकपा एस जित्ने स्थानीय तहमा २०० युनिटसम्म विजुली नि:शुल्क दिइने !
टुडेपाटी–
काठमाडौं, बैशाख ६ गते ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
नेकपा एसको घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ ।
त्यस्तै घोषणा पत्रमा खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।
एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।
Sponsored